पोखरामा निषेधाज्ञा लगाउने बारे प्रदेशस्तरीय सिसिएमसी बैठक शुरु, आजै निर्णय हुँदै

पोखरा,१ भदौ । कोरोना संक्रमित बढेपछि महानगरले एक साताका लागि पोखरामा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि यसबारेमा निर्णय गर्न अहिले बैठक शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा रहेको प्रदेशस्तरीय कोभिड–१९क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसी)को बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुरु भएको हो । सो बैठकले निषेधाज्ञाका बारेमा आवश्यक निर्णय गर्ने बताइन्छ ।

आज विहान महानगरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले राति १२ बजेदेखी भदौ ८ गते एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गर्दै जिल्ला सिसिएमसी तथा प्रदेशस्तरीय सिसिएमसीमा प्रश्ताव पठाएको थियो ।

यसअघि महानगरले कोरोना संक्रमित बढेपछि आइतबार सर्वदलिय बैठक राखेको थियो । सो बैठकमा दलका नेताहरुले तत्काल एक हप्ता र आवश्यकता अनुसार सो भन्दा बढी समय समेत पोखरामा कडा खालको लकडाउन वा निषेधाज्ञा लगाउन महानगरलाई सुझाव दिएका थिए ।

Comments
Loading...