दिउसै चितुवाले आक्रमण गर्दा एक जना घाईते

पोखरा,१ भदौ । स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

आज दिउसो अन्दाजी दुई बजेको समयमा जिल्ला स्याङ्जा वालिङ नगरपालिका ११ स्वरेक टापु बस्ने वर्ष ६७ को खगीस्वरा पंगेनीलाई आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा एक्कासी चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट घाईते भएकी पँगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Comments
Loading...