काठमाडौँ,१ भदौ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्यांकनको नतिजा आज सार्वजनिक गरेको छ।

लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा बोर्ड बैठकले सार्वजिनक गरेको हो । विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका थिए। जसमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ।