पोखराका सात वडामा ११ सहित गण्डकीमा साँझ १७ संक्रमित थपिए

पोखरा,१ भदौ । पोखरामा आज साँझ ११ जना सहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा पोखराका विभिन्न सात वडामा गरी ११ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्र्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार पोखराको वडा नं १६ मा एक, नौ मा दुई, सातमा दुई, वडा नं २७ मा तीन, वडा नं १७, ३० र वडा नं ४ मा एक÷एक जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी गण्डकीका तनहुँमा दुई तथा नवलपुर,बाग्लुङ, लमजुङ र स्याङ्जामा एक÷एक जना थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमितको संख्या एक हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या एक हजार ५५० छ ।

Comments
Loading...