विरामीमा कोरोना पुष्टि भएपछि पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सी बन्द

पोखरा,१ भदौ । उपचारका लागि आएका विरामीमा कोरोना पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इर्मजेन्सी विभाग बन्द गरिएको छ ।

साउन ३२ गते ज्वरो र श्वासप्रश्वासको समस्या लिएर उपचारका लागि आएका पोेखरा–१६ निवासी ८५ वर्षीय पुरुषमा आज कोरोना पोजेटिभ आएपछि अस्पतालको इर्मजेन्सी विभागलाई निर्मलीकरण गर्न अस्पतालले दिँदै आएको इमर्जेन्सी सेवा भदौ २ गते विहान ७ बजेसम्मका लागि बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

Comments
Loading...