पोखरामा चार सहित गण्डकीमा आठ जनामा संक्रमण पुष्टि

पोखरा,२ भदौ । पोखरामा आज विहान थप चार जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी पोखरा सहित प्रदेशमा आठ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पोखराका संक्रमित वडा नं ६ का दुई जना २३ र २८ वर्षीय पुरुष तथा वडा नखुलेका २५ र ५० वर्षीया महिला छन् ।त्यसैगरी नवलपुर बाग्लुङमा दुई÷दुई जना थपिएका छन् । हालसम्म गण्डीमा संक्रमित हुनेको संख्या एक हजार ७६४ पुगेको छ ।

Comments
Loading...