कोरोना संक्रमित कांग्रेस उपसभापतिको मृत्यु

पोखरा,२ भदौ । कोरोना संक्रमणबाट नेपाली काँग्रेसका एक जिल्ला नेताको मृत्यु भएको छ ।  नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको संक्रमणबाटै मृत्यु भएको हो ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज मृत्यु भएको कांग्रेस सांसद एवं नेता देवेन्द्रराज कंडेलले बताए ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको बताइन्छ ।

Comments
Loading...