नेपालमा एकै दिन एक हजार भन्दा बढीमा कोरोना संक्रमण

पोखरा,२ भदौ । नेपालमा आज पहिलो पटक एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

यो संख्या हालसम्मकै सबैभन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्येमा काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

Comments
Loading...