पोखरामा टिभिएसको आरटिआर २०० फोरभि मोटरसाइकल विक्री शुरु

पोखरा,२ भदौ । टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रेसिङ्ग क्षमता भएको अपाचे आर टि आर २०० ४भि को नयाँ २०२० संस्करण रिजनल लन्च अन्तर्गत पोखरामा आज विक्री शुरु गरेको छ ।

टिभिएस व्राण्डको लागि गण्डकी धवलागिरीको लागि आधिकारीक विक्रेता बतास व्रदर्श प्रा लिले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आरटिआर २०० फोर भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको हो ।

बतास व्रदर्शका प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुली र सिओओ राजेश रानाभाटले एक कार्यक्रमबीच मोटरसाइकल अनावरण गरेका हुन् ।
नेपालमा टिभीएस मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले विक्री गर्र्नेे गरेको छ ।

टिभिएस अपाचे आरटिआर २०० ४ भिको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ । यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लीनएङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् । जसले बाटोमा यात्रागर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ ।

कार्यक्रममा निर्देशक पराजुलीले पोखरामा सुविधा सम्पन्न अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करण भित्राउन पाएकोमा खुशी व्यक्त गरे । उनले मोटरसाइकलले पोखरामा एविएस एवम् पावरफुल सुविधा भएको मोटरसाईकल मन पराउनेलाई खुशी उल्लेख गर्दैै भने,“ हाम्रो प्रतिवद्धताको एउटा प्रमाण रहने छ, हामीले बिश्वास लिएका छौं कि, यसमा रहेका अत्याधुनीक सुविधाहरुले मोटरसाइकल चलाउनमा एक नयाँ आयाम थप्नेछ ।”

कार्यक्रम बतास व्रदर्श प्रा लिको अधिकारीक फेसबुक पेज टिभिएस बतास बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रमलाई बतास व्रदर्श प्रा लि पोखराले सोसिल डिस्टेन्स मेन्टेन गरेर सम्पन्न गरेको थियो ।

Comments
Loading...