कास्कीमा पहिराले एक घरमा क्षति

पोखरा,२ भदौ । कास्कीमा आज पहिराले एक घरमा क्षति पुगेको छ ।

गएरातिको अविरल वर्षका कारणले पोखरा ‍महानगरपालिका ३१ बेगनास डाँडापारी बस्ने  ५७ वर्षीय जुट बहादुर बि.क.को ढुङ्गा माटोले बनेको भान्छा घरको साईड पट्टि पहिरो खस्न जाँदा भान्छा कोठा र संगै रहेको बाख्राको खोर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।

घटनामा मानविय चौपाय क्षती नभएको र घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...