अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा

एजेन्सी
अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह भएको छ। राष्ट्रपति इब्राहिम बुबाकार केटालाई विद्रोही सैनिकहरुले गिरफ्तार गरी हिरासतमा राखिदिएका छन् ।

माली सरकारका प्रवक्ताले देशमा सैनिक विद्रोह भएको पुष्टि गरेका हुन्। सेनाले राष्ट्रपतिसँगै प्रधामन्त्री बोबू सिसेलाई पनि हिरासतमा राखेका छन्। राजधानी बामाको नजिक एक ठूलो सैनिक क्याम्पमा मंगलबार बिहान गोलीको आवाज सुनिएको थियो।

सो आवाजसँगै सैनिक विद्रोह भएको हो। एक सैनिक क्याम्पमा असन्तुष्ट सैनिक कनिष्ठ अधिकृतहरूले कमाण्डरलाई हिरासतमा लिएका थिए। त्यसपश्चात विद्रोही सैनिकहरुले क्याम्पमाथि नै कब्जा जमाएका थिए।

Comments
Loading...