गण्डकीका दुई जिल्लामा १४ संक्रमित थपिए

पोखरा,३ भदौ । गण्डकी प्रदेशका नवलपरासी र तनहुँमा गरी आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीको कावासोती, हुप्सेकोट, देवचुली र गैँडाकोटमा गरी १२ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी तनहुँको शुक्ला गण्डकी र व्यास नगरपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा संक्रमित हुनेको संख्या एक हजार ७७९ पुगेको छ ।

Comments
Loading...