नेविसंघले पोखरा विश्वविद्यालयमा गरेको अनशन स्थगित,आन्दोलन नरोकिने

पोखरा,३ भदौ । पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको छ ।

२७ औं दिन सम्म जारी अनशनमा सहभागिलार्य प्राज्ञ नगेन सिंह ठकुरीले जुस खुलाउदै अनशन स्थनगन गराएका थिए । त्यस अवसरमा उनले देशको भविष्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति नहुनु एकदमै लाजमर्दो हुनुका साथै देशको भविष्य पनि अन्यौलमा परेकोे बताए । ठकुरीले अबको विश्वविद्यालयको कुलपति प्राज्ञिक, प्रोफेसर,डाक्टर अथवा शिक्षा क्षेत्रको विज्ञ हुनु पर्ने माग गरे ।

पोखरा विश्वविद्यालय मुल इकाइ समितिका सभापति फिरोज सुबेदीले ११ महिना देखि पोखरा विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार बिहिन हुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परेका कारण आन्दोलन गर्नु परेको बताउँदै विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९को संक्रमण , विद्यार्थीको स्वास्थ्य र जिल्ला प्रशसन कार्यालयबाट जारी गरिएको निषेधआज्ञाको सूचनालाई मनन गर्दै अनसन स्थगित गर्नु परेको बताए ।

वरिष्ठ उप सभापति दीपेन्द्र गौतमले ४० हजार विद्यार्थीहरुको भविष्य कता गइरहेको छ भन्ने प्रश्न गर्दै यो अनसन कोरोना कारण स्थगित भए पनि हाम्रो आन्दोलन नरोकिने दावी गरे ।पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघ संस्थापक स्ववियु सभापतिका प्रत्यासी डीफन भुजेलले यस अवधिमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

विद्यार्थी नेता राजीव भण्डारीले विद्यार्थीहरुको भविष्यको लागि नेपाल विद्यार्थी संघ कहिल्यै पछि नहट्ने बताएका थिए। कास्की काङग्रेसका आमन्त्रित सदस्य दिनेश पौडेल, नेपाल तरुण दल पोखरा महानगर सदस्य एवम तरुण दल पोखरा महानगर ३० का सचीव सुबास भण्डारी, तरुण दल पोखरा महानगर सदस्य प्रकाश पुन एवम् नेपाल विद्यार्थी संघका प्रभावशली नेताहरु प्रताप बानियाँ र सागर रानाभाट लगाएतले आफूहरुको शुभेच्छा रहेको बताएका थिए ।

नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, महामन्त्री मनोज बैध, केन्द्रीय महामन्त्री दीपक भट्टराई लगाएत नेताहरुको माया र हौसला एवम् विशेष सुझाव, सल्लाहको सधै अनुसरण गर्र्ने विद्यार्थीहरुले बताएका छन् ।

Comments
Loading...