राष्ट्रिय झन्डा जलाएको अभियोगमा छ जना पक्राउ

पोखरा,३ भदौ । प्रहरीले राष्ट्रिय झन्डा जलाएको अभियोगमा छ जनालाई पक्राउ गरेको छ ।

सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो।

बुधबारसम्म प्रहरीको विभिन्न युनिटबाट खटिएको टोलीले काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिँदै निजहरु उपर कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

Comments
Loading...