अछाममा पहिरोमा परी १२ जनाको मृत्यु, बेपत्ता पाँच जनाको खोजी जारी

काठमाडौँ,३ भदौ । अछामको कैलाश खोलामा आएको गएरातिको बाढीमा परि १२ जनाको मृत्यु भएको छ ।

राति करीब १ बजे बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । घटनामा परी बेपत्ता भएका पाँच जनाको समेत खोजी कार्य जारी रहेको उनले बताए ।

Comments
Loading...