पोखरामा भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु

पोखरा,३ भदौ । पोखरामा गएरातिको सडक दुर्घटनामा परी दुई प्रहरीले ज्यान गुमाएका छन् ।

गएराति १ः०५ बजेको समयमा पोखरा महानगरपालिका–५ मालेपाटन विश्वास पेट्रोलपम्प अगाडी सडक खण्डमा बाग्लुङ बस पार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नं.को मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रहरी मोटरसाईकल चालक पाल्पा रिप्दिकोट गाउँपालिका– घर भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत २१ वर्षीय प्रहरी जवान चन्द्र बहादुर बगाले र मोटरसाईकल पछाडी बसेका बर्दिया मैनापुर–२ घर भई हाल वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारू रहेका छन् ।

गम्भिर घाइते भएका दुबै जनालाई गण्डकी मेडिकल कलेजमा बगालेको रातिनै मृत्यु भएको थियो भने थारुको उपचारको क्रममा आज मध्यान्न १२ः३० बजेको समयमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

ठक्कर दिने जिप चालक धादिङ जिल्लाको धुनीबेशी गाउँपालिका–५ घर भई पोखरा महानगरपालिका–२३ बस्ने विशाल के.सी.लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...