पोखराको एउटै वडामा १६ संक्रमित थपिए

पोखरा,३ भदौ । पोखरामा आज साँझ वडा नं ७ मा १६ कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा पोखरामा पहिलोपटक एउटै वडामा त्यति धेरै संख्यामा कोरोना पुष्टि भएको हो ।संक्रमति सबै पुरुष छन् ।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा संक्रमतिको संख्या एक हजार ८१२ पुगेको छ ।

Comments
Loading...