देशका चार प्रदेशमा आज भारी वर्षा हुने

काठमाडौं,४ भदौ । जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा भारी वर्षाको मौसम पूर्वानुमान गर्दै सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि देशभर पर्ने विभागको अनुमान छ । त्यसैगरी बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।

यस्तै आज राति राती देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको थोरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments
Loading...