लाहाचोकमा पहिलो पटक अनलाईन तीज नृत्य प्रतियोगिता,बास्तोलालाई उपाधि

निराजन अधिकारी
हेमजा, ४ भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा अनलाइन तीज नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

लाहाचोक युवा सञ्जालद्वारा महिला दिदी बहिनीहरुको क्षमता विकास एबम पहिचानका लागि आयोजित प्रतियोगितामा बसन्ती बास्तोला प्रथम हुन सफल भइन् । त्यसैगरी सरस्वती क्षेत्री द्धितीय, सर्मिला अधिकारी तृतीय ततथा अम्बिका क्षेत्रीले सान्त्वना स्थान हासिल गर्न सफल भएकी छन् ।

अनुशासन तपÞर्m वितिशा बस्नेत, उत्कृष्ट भेषभुसामा सरिता अधिकारी, उत्कृष्ट सांस्कृतिक नृत्यमा सिम्रन सुनार छनोट भएका छन । उत्कृष्ट सातमा परेका सबै प्रतियोगीहरुलाइ पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा कुल १४ जना प्रतियोगीले भाग लिएका थिए । कार्यक्रममा प्रथम, दित्तिय , तृत्तिय र सान्त्वना एबम अन्य बिबिध विधा निणायकले नृत्य क्षमता साथै अनलाइन भोटिङका आधारमा छनोट गरिएको थियो ।

प्रतियोगितामा निणयकको रुपमा दानबहादुर गुरुङ ,गायिका तुलसा जि.सी र चुन बहादुर उच्चाई रहेका थिए । प्रतियोगितामा बाल कलाकार सदिक्षा बास्तोला र प्राथना सुवेदी लाई पनि आकर्षक पुरस्कार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा द्वितीय हुन सफल सरस्वती क्षेत्रीले आफुनो पुरस्कार रकम गाउँ कै कुनै एक बृद्धबृद्धालाई सहयोग गर्ने घोषणा गरेकी छिन् ।

Comments
Loading...