हनुमान मन्दिरका ६५ वर्षीय पूजारीको गोली हानी हत्या

काठमाडौँ,४ भदौ । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानी हत्या गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले हिजो राति खाना खाइरहेको अवस्थामा उनको करिब ९ः१५ बजे गोली हानि हत्या गरिएको जानकारी दिए ।उनको कन्चटमा गोली लागेको छ।

घटना भएलगत्तै प्रहरीको टोली उक्त ठाउँमा पुगेको महतोले जानकारी दिए। उनले पुजारीलाई गोली हान्नेको खोजी तीव्र रूपमा भइरहेको बताए ।

Comments
Loading...