दुई सन्तान जन्माउनेलाई रु पाँच हजार पुरस्कार

पोखरा,४ भदौ । पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ ।

एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ का नीति, कार्यक्रम र बजेटमा स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो । सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

Comments
Loading...