कास्कीमा कोरोना संक्रमित २६८ पुगे

पोखरा,४ भदौ । कास्कीमा हालसम्म २६८जना कोरोना संक्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म २६८ संक्रमित भएकामा १५९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।बिहीबार साँझसम्म जिल्लामा १०७ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार गरिरहेका छन् । जिल्लामा अहिलेसम्म सङ्क्रमणबाट दुई जनाको मृत्यु भएकामा दुबै जना पोखरा महानगरपालिका–१६ का बासिन्दा हुन् ।

कास्कीमा पहिलोपटक गत जेठ अन्तिम साता पोखरा–८ आलुमाइलाचोकमा एक ५९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी हालसम्म गण्डकी प्रदेशमा एक हजार ८२१ जनामा संक्रमण पुष्टि भएकामा एक हजार ५७५ जना निको भएका छन् ।सक्रिय केस २३९ रहेकामा सात जनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Comments
Loading...