प्रहरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ,५ भदौ । कोरोना भाइरस संक्रमणबाट काठमाडौँका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा बालुवाटार निवासी ७६ वर्षीय वृद्धाको बिहीबार साँझ मृत्यु भएको हो ।

अस्पताल आएको एक घण्टामा ती पुरुषको निधन भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता डा. प्रविण नेपालले बताए । ती पुरुषमा ६ दिनअघि कोरोना संक्रमण देखिएका बताइएको छ ।

उनी होम आइसोलेसनमा बस्दै आएको र स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल आइपुगेपछि ती पुरुषको निधन भएको अस्पतालले जनाएको छ ।

Comments
Loading...