पोखराका फोटो पत्रकार राधिकालाई सफलता 

पोखरा,५ भदौ । पोखराका फोटो पत्रकार राधिका कँडेल  ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा तेस्रो हुन सफल भएकी छन् । फोटो पसलले १८१ औँ विश्व फोटोग्राफी दिवसका अवसर पारेर बुधबार आयोजना गरेको प्रतियोगितामा उनी देशभरका दुई हजार फोटो मध्यबाट उत्कृष्ट तीनमा पर्न सफल भएकी हुन् ।  कँडेल राससमा कार्यरत छन् ।

त्यसैगरी कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरी प्रथम भएका हुन् । कोभिड–१९ को असर र डरत्रासको बीचमा वितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय एंव असरबारे देशभरिबाट आएका फोटोहरुमध्ये उत्कृष्ठलाई विजेताको लागि छनोट गरिएको थियो । यस्तै, फोटो पत्रकार रविन कार्की दोस्रो भए ।

देशभरबाट सङ्कलन भएका झण्डै दुई हजार फोटोबाट प्रथम, द्वितीय र तृतीय फोटो छनोट गरिएको हो । कोरोना माहामारीको सङ्क्रमणलाई ध्यानदिँदै भर्चुअल कार्यक्रममार्फत प्रतियोगिताको विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजङ्ग बस्नेतले जानकारी दिए ।

फोटो छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेश श्रेष्ठ र मधुसुदन पौडेल रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २५ हजार, द्वितीयलाई नगद रु १० हजार तथा तृतीयलाई नगद रु पाँच हजार प्रदान गरिएको थियो ।

Comments
Loading...