नदीले बगाएर पर्वत र लमजुङमा दुई जना बेपत्ता

पोखरा,५ भदौ । पर्वत र लमजुङमा आज नदीले बगाएर दुई जना बेपत्ता भएका छ ।

पर्वतको विहादी गाउँपालिका–४ का ४२ वर्षीय विष्णुप्रसाद भुषाल घरदेखी तीन किमी टाढाको काली गण्डकी नदी किनारमा आफूले लगाएका टिसर्ट, कट्टु र मोवाइल राखी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लमजुङ राईनस नगररपालिका–७ बाङग्रेचोरको ओख्ले सागो नजिक चेपे नदी बाटोमा हिड्ने क्रममा चिम्लिएर एक जना बेपत्ता भएका छन् ।

अर्घाखाँची सन्धीखर्क घर भई मध्यपहाडी लोकमार्गको टिप्परको चालकको रुपमा काम गर्ने २१ वर्षीय अनिल खड्कालाई चेपे नदीले बगाएको प्रहरीले जनाएको छ । दुबै घटनामा प्रहरी टोली खटीई गई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...