निषेधाज्ञाको तेस्रो दिन पोखराको मुख्य सडक सुनसान

पोखरा,५ भदौ । कोरोना भाइरसको बढ्दो संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर आह्वान गरेको निषेधाज्ञाको शुक्रबार तेस्रो दिन पोखराका मुख्य चोक तथा सडक सुनसान रहे ।

नेपाली नारीहरुको महान् पर्व हरितालीका तीजका दिनमा समेत सडकमा मानिसको चहलपहल देखिएन । भित्री सडकमा केही मानिस तथा दुई पाङ्ग्रे सवारी छिटपुट सञ्चालन भएपनि अधिकाँस व्यापार व्यवसाय तथा यातायात ठप्प रह्यो ।

अत्यावश्यक सेवाका सवारी भने विना अवरोध सञ्चालन भएका थिए । अत्यावश्यक बाहेक हिँडडुल गर्नेहरुलाई सुरक्षाकर्र्मीले केहीबेर नियन्त्रणमा लिएर होल्डीङ सेन्टरमा राखेका थिए ।

Comments
Loading...