आजको मौसम : चार प्रदेशमा भारी वर्षा

पोखरा,६ भदौ । आज देशभर आंिशकदेखी सामान्यतया बदली रही केही स्थानहरुमा  दिउसो  मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज दिनभरको मौसमको पूर्वानुमान विवरण सार्वजनिक गर्दै अहिलेपनि देशभर आंशिकदेखी सामान्य बदलीको अवस्था रहेको जनाएको छ ।

त्यसैगरी राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  उल्लेख गरेको छ  । भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेकाले वर्षा भइरहेको विभागले स्पष्ट पारेको छ ।

Comments
Loading...