भदौ १६ देखी अन्तर्राष्ट्रिय हवाई उडान शुरु हुने

काठमाडौँ,६ भदौ । सरकारले आगामी भदौ १६ देखी अन्तराष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।

कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ ।

Comments
Loading...