पोखरामा छ वर्षीया बालिकामा कोरोना संक्रमण, गण्डकीमा ११ थपिए

पोखरा,६ भदौ । पोखरामा आज विहान थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको वडा नं ९ मा छ वर्षीया बालिका र ६१ वर्षीया महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी वडा नं ४ मा ३५ वर्षीय पुरष संक्रमित भएका छन् ।

तनहुँमा दुई, बाग्लुङमा एक, नवलपरासीमा तीन तथा स्याङ्जामा दुई जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या एक हजार ८५५पुगेको छ।

Comments
Loading...