पोखराका आठ वडामा १३ कोरोना संक्रमित थपिए

पोखरा,६ भदौ । पोखरामा आज पुनः१३ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरका आठ वडामा १३ जना थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ४ मा दुई ,५ मा एक, वडा नं ६ मा दुई , वडा नं ८ मा चार तथा वडा नं ९,१६,२७ र ३० मा एक÷एक जना थपिएका छन् ।

यसअघि आज विहानै पोखरामा तीन जना सहित गण्डकी प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

Comments
Loading...