अध्यक्षद्वय ओली र प्रचण्डलाई नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं,६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका उपाय सुझाउन गठिन कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

साउन ३० गते गठित कार्यदलले सर्वसम्मतरुपमा तयार पारेको प्रतिवेदन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्थायी कमिटी बैठकनै अनिर्णीत भइरहँदा दुई अध्यक्षले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो।कार्यदलमा पौडेलसहित भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

आन्तरिक समस्याको सकारात्मक समाधान खोज्ने, एकतालाई अक्षुण राख्दै नेपाली जनताको जनादेशअनुसार प्रभावकारीरुपमा अगाडि बढ्ने उपाय सुझाउन कार्यदल गठन भएको थियो।

नेकपा सचिवालयले बैठकले दुई जना अध्यक्षले बनाएको कार्यदललाई अनुमोदन गरिसकेको छ। पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधानका लागि के गर्ने भन्ने सुझावहरु समेटिएको भए पनि के के उल्लेख गरिएको भन्ने खुल्न सकेको छैन।

Comments
Loading...