पर्वतमा सुविधासम्पन्न अस्पताल बन्दै, पोखरा आउनु पर्ने बाध्यता हट्दै

पर्वत,६ भदौ । पर्वतको विहादी गाउँपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्न थालिएको छ ।

बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र १५ श्ययाको अस्पताल रहेको थियो ।

नेपाल सरकारमार्फत रु १९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरु भएको वडा नं २ का वडाध्यक्ष ओमप्रकाश कुँवरले जानकारी दिए । अस्पताल निर्माणका लागि बोलपत्र आह्वान भइरहेको छ ।

सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतका नागरिक सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा, बुटवललगायतका ठाउँमा जान बाध्य छन् । अब भने अधिकांश सेवासहितको अस्पताल बन्ने भएपछि त्यस क्षेत्रका नागरिकलाई सहज हुने अध्यक्ष कुँवरले बताए ।

Comments
Loading...