पोखरामा पाँच दिन निषेधाज्ञा थप्न सिफारिस

पोखरा,७ भदौ । पोखरा महानगरपालिकाले जारी निषेधाज्ञा पुनः तीन देखी पाँच दिन थप गर्न सिफारिस गरेको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा महानगरमा गठित कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापन उच्चस्तरीय समितिको आज विहानको बैठकले आज राति १२ बजेबाट सकिने निषेधाज्ञा पुनः थप गर्नका लागि जिल्लास्तरीय कोरोना रोकथाम व्यवस्थापन केन्द्र(डिसिसिएमी)लाई सिफारिस गर्ने निर्णय गरेको उपप्रमुख गुरुङले हिमाली आवाज डटकमलाई जानकारी दिइन् ।

“हामीले अहिलेको अवस्थामा मुल्याङ्कन गरी तीन देखी पाँच दिन अहिलेको निषेधाज्ञा बढाउन जिल्लास्तरीय कोरोना व्यवस्थापन केन्द्रलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेका छौँ ।” गुरुङले भनिन् । महानगरको सिफारिस पछि दिउसो बस्ने जिल्लास्तरीय डिसिसिएमीले निषेधाज्ञाका बारेमा निर्णय गर्नेछ ।

Comments
Loading...