कास्कीमा तीजको पञ्चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु

पोखरा,७ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ मा आज विहान खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

हरितालिका तीजको ऋषि पञ्चमी नुहाउन र दतिवन खान विहान ५ः३० बजे नदीमा पुगेकी गर्भवती रहेकी २४ वर्षीया दीपा गौतमलाई कालीमाटी र नागीको बीचबाट बगेर मर्दीमा मिसिने कस्युङ खोलाले बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासको क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी  ७०० मिटर तल ९ः३० बजेतिर नदी किनारमा फेला परेको थियो ।

घटना लगत्तै प्रहरी चौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी उनको साढे दुई वर्षको छोरी छन् ।

Comments
Loading...