कास्कीमा थप पाँच दिन निषेधाज्ञा, १२ गते रातिसम्म जारी रहने

पोखरा,७ भदौ । कास्की जिल्लामा थप पाँच दिन निषेधाज्ञा हुने भएको छ ।

जिल्लास्तरीय कोरोना रोकथाम संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को आज दिउसो बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरी कार्यान्वयनका लागि प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने डिसिसिएमसीको बैठकले हालसम्मको कोरोना संक्रमणको अवस्थाको मुल्यांकन सहित निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । जिल्लामा गत भदौ ३ गते राति १२ बजेबाट जारी निषधेज्ञा आज रातिबाट सकिदै थियो । यसअघि पोखरा महानगरपालिकाले निषेधाज्ञा थपका लागि सिफारिस गरेको थियो ।

Comments
Loading...