खोलाले बगाएर गौतमको मृत्यु भएकामा माछापुच्छ्रे गाउँपालिका स्तव्ध

पोखरा,७ भदौ । माछापुच्छ्रे गाउँपालिकाले आज विहान वडा नं ९ निवासी २४ वर्षीया दीपा गौतमको खोलाले बगाएर मृत्यु भएकामा गाउँपालिका स्तव्ध भएको जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले एक शोक बक्तव्य जारी गरी हरितालिका तीजको अन्तिम दिन ऋषि पन्चमीको बिहान ५ः३०बजे दतिवन खान जाँदा कालिमाटी र नागीबीचमा बग्ने कस्युङ खोलाले बगाएर गौतमको निधन भएको खबरले सिँगो गाउँपालिका स्तव्ध भएको जनाएका छन् ।

गाउँपालिकाले दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदन व्यक्त गरेको ।

Comments
Loading...