निषेधाज्ञामा समेत कास्कीमा सरकारी कार्यालय र बैँक खुल्ने(प्रशासनको सूचना सहित)

पोखरा,७ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज  राति १२ बजेदेखी भदौ १२ गते १२ बजे रातिसम्मका लागि थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाएको छ ।

सरकारी कार्यालय तथा बैँक वित्तिय संस्थाले नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी सरकारी कार्यालय तथा अत्यावश्यक सेवाहरु सञ्चालन गर्न सक्ने र कार्यालयहरुमा न्यूनतम कर्मचारी उपस्थित हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सकिने प्रशासनले जनाएको छ । त्यसैगरी बैँक तथा वित्तिय संस्थाका न्यूनतम शाखा सञ्चालन हुनेछन् ।

निषेधाज्ञामा के गर्न पाइन्छ पाईदैन, हेर्नुहोस् सूूचना ।

Comments
Loading...