च्याम्यिन्स लिगको फाइनलमा आज राति पीएसजी र बार्यन प्रतिष्पर्धा गर्दै

पोखरा,७ भदौ । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज राति जर्मन च्याम्पियन बार्यन म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

पोर्चुगलको लिस्वनमा नेपाली समय १२ः४५ बजे देखी शुरु हुने खेलमा पीएसजी च्याम्यिन्स लिगको पहिलो उपाधिको लक्ष्य सहित मैदानमा ओर्लिनेछ । अत्यन्त प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा स्टार फरवार्डद्वय बायर्नका रोबर्ट लेवान्डोस्की र पिएसजीका नेयमार  टोलीका मुख्य खेलाडी हुुनेछन् ।

दुबै टोलीका प्रशिक्षकले फाइनल खेल अघिको पत्रकार सम्मेलनमा आक्रामक फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य रहेको बताएसँगै खेल रोचक हुने अनुमान गरिएको छ ।

Comments
Loading...