जर्मन क्लब बार्यन म्युनिखलाई छैटौँ पटक च्याम्पियन लिग फुटबलको उपाधि

पोखरा,८ भदौ । जर्मन च्याम्पियन बार्यन म्युनिखले छैटौँ पटक यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलको लिस्वनमा आज राति भएको फाइनल खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)लाई १–० गोल अन्तरले पराजित गर्दै बार्यनले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

पहिलोपटक च्याम्पियन लिगको फाइनल खेलेको पीएसजीलाई निरास बनाउने क्रममा खेलको ५८ औँ मिनेटमा बार्यनका किंग्सले निर्णायक गोेल गरे । उनको एक मात्र गोल टोलीलाई छैटौँ पटक उपाधि जिताउन पर्याप्त रह्यो ।

पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको पीएसजीले दोस्रो हाफमा सोही खालको प्रदर्शनलाई निरन्तरता दिन सकेन र उसको उपाधि जित्ने सपना चकनाचूर भयो ।

Comments
Loading...