खाद्यान्न, डेरी र तरकारीका पसल खोल्न साँझ विहान कास्कीमा छैन निषेध

पोखरा,८ भदौ । कास्कीमा थप गरिएको निषेधाज्ञाको अवधिमा समेत अत्यावश्यक पसल सञ्चालनमा रोक लगाइएको छैन ।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्न,फलफूल, तरकारी,माछा,मासु, दूध,डेरीजन्य पसलहरु विहान ५ बजेदेखी ८ बजेसम्म तथा साँझ ५ देखी ७ बजेसम्म सञ्चालनमा रोक नलगाइएको तथा अन्य सममा निषेध गरिएको जनाएको छ । निर्माणसँग सम्वन्धित पसलहरु समेत साँझ ५ बजेदेखी ७ बजेसम्म दुई घण्टा सञ्चालन हुनेछन् ।

त्यसैगरी सरकारी कार्यालय तथा बैँक वित्तिय संस्थाले नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी सरकारी कार्यालय तथा अत्यावश्यक सेवाहरु सञ्चालन गर्न सक्ने र कार्यालयहरुमा न्यूनतम कर्मचारी उपस्थित हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सकिने प्रशासनले जनाएको छ । त्यसैगरी बैँक तथा वित्तिय संस्थाका न्यूनतम शाखा सञ्चालन हुनेछ ।

कोरोना संक्रमण बढेपछि जिल्लामा गत भदौ ३ गते राति १२ बजेदेखी ७ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञा आइतबार पुन पाँच दिन थपेर १२ गते राति १२ बजेसम्म पुर्याइएको छ ।

Comments
Loading...