कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु

पोखरा,८ भदौ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक विराटनगरका हुन् ।

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा आइतबार राति १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । गत
भदौ ४ गते स्वाब संकलन गरेका उनको आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको बताइन्छ ।

Comments
Loading...