कास्कीमा प्रजातान्त्रिक महासंघ गठन,संयोजकमा अधिकारी

पोखरा,८ भदौ । कास्कीमा नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला तदर्थ समितिको गठन गरिएको छ ।

विभिन्न पेशा, व्यवसाय आवद्ध रही नेपाली काँग्रेससँग आस्थावान व्यक्तिहरुको भेलाले प्रजातान्त्रिक महासंघको विधान बमोजिम पोखरा महानगरपालिका निवासी सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा कास्की जिल्ला तदर्थ समिति गठन गरिएको छ । सो समितिमा जिल्लाका पाँचवटै स्थानीयतहबाट प्रतिनिधित्व गराइएको छ ।

त्यसैगरी सहसंयोजक अञ्जु बराल अधिकारी (मादी गाउँपालिका), सचिव क्षेत्र बहादुर बराल क्षेत्री (पोखरा महानगरपालिका), सहसचिव,मानकुमारी बराल (पोखरा महानगरपालिका), कोषाध्यक्ष छत्रधर आत्रेय (पोखरा महानगरपालिका) र प्रवक्ता सचिन रानाभाट (पोखरा महानगरपालिका) रहेका छन् ।

महासंघको सदस्यमा सुरेश श्रेष्ठ (पोखरा महानगरपालिका), अर्जुन गुरुङ्ग (मादी गाउँपालिका), केशरीरमण न्यौपाने (पोखरा महानगरपालिका), कोपिला तिवारी (पोखरा महानगरपालिका),टीकाराम लम्साल (माछापुच्छ्रे गाउँपालिका), दुर्गाराज रेग्मी(रुपा गाउँपालिका), प्रमोद कोइराला (पोखरा महानगरपालिका), भुला के.सी.(रुपा गाउँपालिका), ई.भृगुराज भट्टराई (पोखरा महानगरपालिका) र भोलानाथ पौडेल (पोखरा महानगरपालिका) रहेका छन् ।

त्यसैगरी महेशकुमार सिग्देल (पोखरा महानगरपालिका),मोहदत्त पोख्रेल (अन्नपूर्ण गाउँपालिका),यानी परियार (मादी गाउँपालिका),रविरमण तिवारी (पोखरा महानगरपालिका),लोकचन्द्र खनाल (रुपा गाउँपालिका),विशाल गुरुङ्ग (मादी गाउँपालिका),विष्णु गुरुङ्ग (पोखरा महानगरपालिका),वेदहरि तिमिल्सिना (पोखरा महानगरपालिका),सञ्जीव पौडेल (रुपा गाउँपालिका) तथा आमन्त्रित सदस्यमा शिवप्रसाद बाँस्तोला (पोखरा महानगपालिका) रहेका छन् ।

सल्लाहकारहरुमा कृष्णबहादुर के.सी. (सभापति, नेपाली काँग्रेस, जिल्ला कार्यसमिति, कास्की), प्रा.डा. कुसुमाकर न्यौपाने,डा. यमनाथ तिमिल्सेना,डा. अजय थापा,डा. वीरबहादुर कार्की र कानूनी सल्लाहकार फणिन्द्रराज कोइराला रहेका छन् ।

सो महासंघले काँग्रेसको पार्टी संगठनलाई मजुवत बनाउने तथा पार्टीभित्र एकता कायम गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

Comments
Loading...