पोखरामा विहानै चार जनामा कोरोना संक्रमण पुष्टि

पोखरा,९ भदौ । पोखरामा एकाविहानै आज चार जनामा कोरोना संक्रमण पुष्टि भएको ।

पोेखराको वडा नं १३ मा दुई तथा वडा नं २८ र २९ मा एक÷एक जना थपिएका हुन् । वडा नं १३ का संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् भने अन्य कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

हालसम्म गण्डकीमा एक हजार ८९५ संक्रमित पुगेका छन् भने एक हजार ६३९ निको भएका छन् । आठ जनाको मृत्यु भएको छ ।

Comments
Loading...