नेकपाले बोलायो सचिवालय बैठक

पोखरा,९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्रको विवाद समाधानका लागि भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

सचिवालय बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि नेकपा भित्रको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरी कार्यदलले सर्वसम्मत प्रतिवेदन अध्यक्षद्धयलाई बुझाएको थियो ।

Comments
Loading...