धम्पुसका १४ जनाको पिसिआर नेगेटिभ,पहिलो संक्रमित कोरोनामुक्त

पोखरा,९ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका पहिलो कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । ३३ वर्षीय पुरुषको पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगैै उनले कोरोनालाई जितेका हुन् ।

त्यसैगरी कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पिसिआर परीक्षणमा १४ जनाको रिपोर्ट आज नेगेटिभ आएको वडाध्यक्ष समबहादुर गुरुङले जानकारी दिए । वर्तमानसम्म धम्पुसमा कोरोना समुदायस्तरमा फैलिएको नदेखिएको बताउँदै अध्यक्ष गुरुङले भौतिक दूरी कायम गर्ने, सर्तकता अपनाउने तथा अत्यावश्यक काममा बाहेक कोही पनि बाहिर नजान आग्रह गरेका छन् ।

त्यसैगरी बाहिरबाट समेत कोही पनि सौहार्दपूर्ण रुपमा हाललाई नआउने वातावरण मिलाउन समेत वडा कार्यालयले आग्रह गरेको छ ।

Comments
Loading...