पत्रकार ढुँगानालाई प्रहरीबाट दुव्र्यवहार भएकामा पत्रकार महासंघको आपत्ति

पोखरा,१४ साउन । एभिन्यूज टेलिभिजनका गण्डकी प्रदेश प्रमुख सुमन ढुँगानालाई आज रिर्पोटिङका क्रममा ट्राफिक प्रहरीबाट भएको दुव्र्यवहारप्रति पत्रकार महासंघ कास्की शाखाले कडा आपत्ति जनाएको छ ।

महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले विज्ञप्तीमार्फत संकटको घडीमा आफ्नो कर्तव्य निर्वाहको शिलशिलामा सडकमा निस्किएका पत्रकारलाई निरुत्साहीत गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको ठहर महासंघको रहेको जनाएका छन् ।

महासंघका साधारण सदस्य रहेका  ढुँगानाले पत्रकारको परिचयपत्र देखाउँदा समेत प्रहरीले अपराधीलाई झैँ केरकार गर्ने,कोरोना महामारीमा अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई दुरुत्साहित गर्र्ने कार्य गरेकाले महासंघले यस्ता कार्य बन्द गर्न, आगामी दिनमा यस्ता घटना नदोहो¥याउन प्रशासनसँग माग समेत गरेको छ ।

पत्रकार ढुँगानालाई आज विहान १०ः३० बजेतिर घरबाट रिर्पोटिङका लागि सिर्जनाचोकतर्फ आउँदै गर्दा बुद्धचोकमा डिउटीमा खटिएका ट्राफीक प्रहरीले दुव्र्यवहार गरेका थिए ।

Comments
Loading...