देशभर ८५५ संक्रमित थपिए, सातको मृत्यु

पोखरा,९ भदौ । देशभर पछिल्लो २४ घण्टामा ८५५ संक्रमित थपिएका छन् । त्यसैगरी सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँमा तीन सहित देशभर सात जनाको मृत्यु भएको छ । मृतकहरु सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक्र एक जना रहेका छन । हालसम्म कोरोनाबाट मर्नेको संख्या १६४ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments
Loading...