तपाईको गाउँमा झोलुङ्गे पुलको खाँचो छ ? छ भने तत्काल निवेदन दिनोस्

पोखरा,९ भदौ । गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका आवश्यक र सम्भाव्य सबै स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

सरकारले सोही लक्ष्य अनुसार प्रदेशभित्र झोलुङ्गे पुलको अभावमा स्थानीय जनतालाई नदी, खोला तथा खोल्सा तर्न एक घण्टा भन्दा बढीको फेरो लगाउन पर्ने अवस्था रहेको भए पुल निर्माणको लागि स्थानीय तहको सिफारिस सहित पूर्वाधार विकास निर्देशनालय पोखरामा निवेदन दिन आग्रह गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सूूचना जारी गरी आगामी असोज १५ गते भित्रमा इमेलमार्फत समेत निवेदन पठाउन सकिने व्यवस्था गरिएको छ भने जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरुमा सम्पर्क गर्न भनिएको छ । 

सरकाले चालू आवको नीति तथा कार्यक्रम र प्रदेशको झोलुङ्गे पुल रणनीति २०७६ बमोजिम दुई वर्षभित्रमा आवश्यक सबै ठाउँमा पुल बनाउने उल्लेख गरेको थियो । 

 

Comments
Loading...