भारतमा पाँच तले भवन भत्किँदा १० जनाको मृत्यु

एजेन्सी । भारतमा पाँच तलाको भवन भत्किँदा १० जनाको मृत्यु भएको छ ।

महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँच तले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार पुष्टि गरेको छ ।

स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशङ्का गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् ।राइगढको काजलपुरा क्षेत्रमा रहेको अग्लो घर सोमबार एक्कासी भत्किँदा त्यहाँ रहेका दर्जनौँ व्यक्ति भग्नावशेषमा फसेका थिए ।

Comments
Loading...