नेपालमा कोरोनाको अहिले भन्दा खराब अवस्था आउन सक्ने डब्लुएचओको भनाई

पोखरा,१० भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना संक्रमणो अवस्था आगामी दिनमा अझ बढी हुने आशंका गरेको छ ।

अहिलेको भन्दा अझ बढी खराब अवस्था आउनेतर्फ उसले सचेत गराएको हो । नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोरोना संक्रमण अहिले सुरुवात चरणमा मात्र रहेको भन्दै आगामी महिनामा यो भन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए ।
उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’

कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए । अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे ।

नेपालमा भेटिएका अधिकांश संक्रमितमा मन्द लक्षण देखिएको र यो घातक नहुने उनको कथन छ ।

Comments
Loading...